नेपालगञ्ज : एमाले अध्यक्ष केपी शर्मा
ओलीले एमालेलाई कालो झन्डा हेर्ने फुर्सद नभएको बताएका छन्। एमालेको
मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन
गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेलाई काला झन्डा हेर्ने फुर्सद छैन, देश
निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ।’
पूर्व प्रधानमन्त्री समते रहेका अध्यक्ष
ओलीले केही तत्व देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको
आरोप लगाए। ‘एउटा समूह नेपाललाई विखण्डन गर्न लागेको छ’, ओलीले भने, ‘नेपाल
कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना
छ।’ भनि अन्नपुर्न पोस्ट ओन्लाइन् मा लेखियेको छ |

EmoticonEmoticon