अग्रज गायक पन्ना काजीको ८४ बर्षको उमेरमा निधन भएको छ । बिभिन्न रोगबाट ग्रसित काजीको काठमाडौंको कालिमाटीस्थित निजी निवासमा आज बिहान निधन भएको हो ।
तिरिरी मुरली बझ्यो बनैमा लगायत गीतबाट
चर्चित काजीको अन्त्यष्टी टेकु दोभानमा आजै हुने परिवारले जनाएको छ ।
उहाँकै ईच्छाअनुसार, श्रद्धाञ्जलीका लागि कहीकतै नराखी सिधै टेकु दोभानमा
अन्त्यष्टी गरिने संगीतकार नारायण ओलीले जानकारी दिनुभयो ।
पन्ना काजीका दुई छोरा प्रवेशमान शाक्य र पवित्रमान शाक्य समेत सागीतिक
क्षेत्रमा आवद्ध हुनुहुन्छ । उहाँका श्रीमती, चार छोरा र एक छोरी हुनुहुन्छ
।
EmoticonEmoticon