उनले अन्य २ प्रतिस्पर्धीलाई उछिनेकि हुन ।रूपन्देहीकी तेरिया मगरले भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि जितेकी छन्। बलिउड लाइफ अनलाइनले तेरियाले दुई प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेको बताएको छ। भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइनले जनाएको छ।
फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् । तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ ।
EmoticonEmoticon