झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता बनाइदिने भिनाजु पक्राउ. माघ ११, २०७३- झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनले पक्राउ गरेको छ ।
पर्वत जिल्ला माझफाँट–१ बाट गायत्री
जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक–१ निवासी पदमबहादुर थापाले
ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला
प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए ।
थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए।
विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए । नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन् ।
Kantipur

EmoticonEmoticon