नेपालमा मात्र नभई विश्व समार्टफोनको
बजारमा पनि ओप्पोले आफूलाई अब्बल सावित गरिसकेको छ । इन्टरनेसनल डाटा
कर्पोरेसन (आईडीसी) ले जारी गरेको रिपोर्टअनुसार चाइनिज ब्रान्ड ओप्पो सन्
२०१६ मा १६ दशमलव ८ प्रतिशत बजार हिस्सासाथ चाइनामा नम्बर १ स्मार्टफोन
ब्रान्डका रूपमा स्थापित भएको हो । ओप्पो विश्वकै चौथो बेस्ट सेलिङ
स्मार्टफोन ब्रान्डका रूपमा आईडीसीले जनाएको छ । आईडीसीका अनुसार ओप्पोले
सन् २०१६ को अन्त्यसम्म विश्व मोबाइल बजारमा ७.१ प्रतिशत बजार हिस्सा
ओगटेको छ ।
यसका लागि चिनियाँ बजार नै कम्पनीको
सबैभन्दा उत्कृष्ट बजारका रूपमा सावित भएको छ । विश्वका २८ देशमा आफ्नो
उपस्थिति जनाएको ओप्पोले मुख्यतः एसियाली बजारमा आफ्नो प्रभुत्व जमाएको छ ।
आईडीसीका अनुसार दक्षिणपूर्वी एसियामा छोटो समयावधिमा ओप्पो दोस्रो
स्थानमा उक्लिएको छ । भारतमा ओप्पोले एप्पललाई उछिन्दै सामसुङपछिको
सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रूपमा दोस्रो स्थान हासिल गरेको छ ।
रिसर्च फर्म जीएफकेको रिपोर्ट अनुसार सन् २०१६को डिसेम्बरसम्म ओप्पोको
अफलाइन बजार हिस्सा १ दशमलव २ प्रतिशत छ । यो सन् २०१५ को तुलनामा १० दशमलव
९ प्रतिशतले बढेको हो ।
ओप्पोसँगै भित्रिएका कतिपय मोबाइल ब्रान्डको नेपाली बजारमा हिस्सा नै छैन ।
आक्रामक बजार विस्तारको रणनीति लिएको ओप्पो स्मार्टफोन नेपाली बजारमा
ग्राहकको रोजाइमा पर्न सफल भएको छ । मोबाइल व्यवसायीका अनुसार बजारमा
भित्रिएको सात महिनाको अवधिमा ओप्पो नेपालमा सबैभन्दा बढी बिक्री हुने
स्मार्टफोनको लिस्टमा चौथो स्थानमा परेको छ भनि आजको अन्नपुर्णपोस्ट्मा लेखियेको छ |

EmoticonEmoticon