चैत्र २ गते देखि ८२ वर्षदेखिको परम्परा तोड्दै संशोधित शिक्षा ऐनले आइन्दा कक्षा १२ को परीक्षालाई एसएलसी नामाकरण गरेपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिने भएको छ। एसएलसीकै प्रक्रिया तथा शैलीमा बिहीबारदेखि मुलुकभर सञ्चालन हुने एसइइको
सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
विक्रम संवत् १९९० देखि सुरु भएको एसएलसी हाँक्ने क्रममा ३२ जना परीक्षा
नियन्त्रक भइसकेका छन्। अहिले सम्पूर्णरूपले एसएलसीकै पर्यायका रूपमा
एसइइलाई सफलपूर्वक सम्पन्न गर्न लागिपरेका ३३ औँ परीक्षा नियन्त्रक
अम्बिकाप्रसाद रेग्मी
आफ्नो कार्यकाल ३२ पूर्वनियन्त्रकको भन्दा के अर्थमा फरक ठान्छन् त? कसरी
यो परीक्षालाई स्मरणयोग्य बनाउन लागिपरेका छन्? कसरी फरक हुँदैछ यसपालिको
परीक्षा जस्ता विविध प्रश्नमा नागरिकका
रघुनाथ लामिछानेसँग भन्छन् :
एसइइको तयारी पूरा भयो वा अझै बाँकी छ?
हामीले केन्द्रबाट गर्ने तयारी दुई प्रकारको
हुन्छ। एउटा, उत्तरपुस्तिका छपाइ गर्ने र पुर्याउने कार्य। दोस्रो
प्रश्नपत्र निर्माण गर्ने र त्यसलाई सुरक्षिततवरले सम्बन्धित केन्द्रहरूमा
पुर्याउने काम। पहिलो काम केही दिनअघि नै सुरु भएकाले सकिइसकेको छ। दोस्रो
काम पनि सकिएको छ। फरक यति छ कि दुर्गम जिल्लाहरूमा यो काम केही दिनअघि
सम्पन्न भइसकेको छ भने राजधानीलगायत वरपरका जिल्लामा बुधबार साँझसम्म
आवश्यक सामग्री पुगिसकेको छ।
तयारीका क्रममा केही समस्या त आएन?
खासगरी यी सामग्री सुरक्षाकर्मीको सहयोगले
पुर्याउनुपर्ने हुन्छ। त्यसैले जिल्ला प्रहरी कार्यालय हुँदै सम्बन्धित
केन्द्रसम्म पुर्याउँदा धेरै होसियारी अपनाउनुपर्ने हुन्छ। कतिपय दुर्गम
जिल्लामा सोचिएभन्दा ढिलो पुगे पनि परीक्षाअगावै भने पुगिसकेको छ।
डोल्पालगायत केही हिमाली जिल्लामा बाक्लो हिउँ परेका कारण विद्यार्थी
परीक्षा केन्द्रसम्म आइपुग्न अप्ठेरो पर्ने हो कि भन्ने जानकारी आएको छ।
अरु खासै केही समस्या आएको छैन।
यसअघिसम्म १० कक्षाको अन्तिम
परीक्षालाई एसएलसी भनिन्थ्यो। अहिले आएर यसैलाई माध्यमिक शिक्षा परीक्षा
(एसइइ ग्रेड १०) भनिएको छ। एसएलसी र एसइइमा फरकचाहिँ के छ त?
सरकारले १२ कक्षासम्मको शिक्षालाई माध्यमिक
शिक्षा तोकिसकेपछि १० कक्षाको परीक्षालाई एसएलसी भन्न उचित भएन। त्यसैले
एसइइ भनिएको हो। तर पनि धेरै वर्षदेखि भनिँदै आएकाले यो परीक्षालाई सबैले
एसएलसीकै रूपमा बुझ्छन् जुन स्वाभाविकै पनि हो। पहिले एसएलसीमात्र
भनिन्थ्यो। यसो गर्दा एसएलसीमात्र नभनेर ग्रेड पनि उल्लेख गर्नुपर्ने
अवस्था आयो खासगरी अन्तर्राष्ट्रियस्तरबाट सोधखोज गर्न थालिएपछि। त्यसैले
यसको नाम एसइइ ग्रेड १० राखिएको हो। यही कारण माध्यमिक शिक्षाको अन्तिम
परीक्षा भनिएकाले एसएलसीलाई चाहिँ ग्रेड उल्लेख गरिरहन परेन।अर्को कुरा यस
पटकमात्र केन्द्रीय स्तरमा भएको हो, अर्को पटकदेखि एसइइ क्षेत्रीयस्तरमा
हुन्छ। अनि एसएलसीचाहिँ केन्द्रीयस्तरमा हुन्छ।
source:nagariknews.com/news/16112/