संविधान संशोधनको विरोधमा पश्चिम नेपाल अशान्त
सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपाल आन्दोलित भएको छ। विशेषगरी पाँच नम्बर प्रदेश टुक्रउने प्रस्तावको विरोधमा बुटवलमा विहानैदेखि पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले पूर्व–पश्चिम तथा उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प बनाएका छन्। उनीहरुले पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्युठानलगायत पहाडी जिल्ला अलग गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
यसैगरी सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएको भन्दै प्युठानबासी पनि आन्दोलित भएका छन्। उनीहरुले पाँच नम्बर प्रदेश पहाडी जिल्ला यथावत राख्नु पर्ने भन्दै प्युठान बन्द गरिएको छ। बुधबार विहानैदेखि बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा गरिएको छ। प्युठानमा सार्वजनिक यातायात पुर्ण रुपमा बन्द छन् । विद्यालय शैक्षिक संस्था समेत बन्द गरिएको छ । ब्यवसायीहरुले स्वतस्फुर्त पसल बन्द गरी सरकारको बिरोधमा बन्दको समर्थन गरेका छन् ।

http://www.nagariknews.com/news/9811

EmoticonEmoticon